बैशाख १८, २०८१, मंगलबार
               

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बनाए टिकटक एकाउन्ट

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौैं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल क्रेज बढेको छ । फेसबुक र ट्वीटर चलाउने ओलीले अर्को विश्वभर लोकप्रिय बनेको मोवाइल एप टिकटकको पनि एकाउन्ट खोलेका छन् ।

पछिल्लो समय विश्‍वभर लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटकमा आइतबार प्रधानमन्त्रीको एकाउन्ट खोलिएको हो ।

आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट खोल्नेबारे छलफल भए पनि खोलेको जानकारी नभएको बताए। उनले यसबारे आफूलाई धेरै थाहा नभएको भन्दै प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ ।

एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन् । उक्त भिडियो एक लाखले हेरिसकेका छन् भने १ सय ५२ कमेन्ट र ७ हजार बढी लाइक गरेका छन् । यसलाई एक सय बढीले सेयर पनि गरेका छन् ।

भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि