बैशाख २३, २०८१, आइतबार
               

अब प्रभु बैंकका ग्राहकहरूले घरमै बसेर केवाइसी भर्न पाउने

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु बैंकले आफ्ना ग्राहकहरूका लागि इलेक्ट्रोनिक्स केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता खोली कारोबार गर्ने सम्पूर्ण ग्राहकहरूले बैंकको वेबसाइटमा लग इन गरी अनलाइनमार्फत् केवाइसी अपडेट गर्ने सकिने व्यवस्था मिलाएको छ ।

यस्तो व्यवस्थाले गर्दा ग्राहकहरूले केवाइसी अपडेट गर्ने बैंक धाइराख्नु पर्ने झन्झट हटेको छ । यो सेवाबाट ग्राहकहरुले आफ्नो समयको बचत गरि अन्य कामका लागि सदुपयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। यस्तो सेवाको सुरुवातसँगै नियमित रुपमा खाता सञ्चालन गर्न ग्राहकहरूलाई सहज हुने बैंकले जनाएको छ ।

यो पनि