बैशाख २१, २०८१, शुक्रबार
               

एप्पलको एकाधिकार तोड्दै  हुवावेले बनायो आफ्नै ‘हाई-इन्ड चिपसेट’

एजेन्सी
कात्तिक १६, २०७७

ADVERTISEMENT

चीन । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजीले अमेरिकाको एकाधिकार तोड्दै आफ्नै हाई-इन्ड चिपसेट बनाएको छ ।

अमेरिकाले हाई-इन्ड चिपसेटमाथि लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले आफ्नै चिपसेट बनाउँदै शुक्रबार चीनमा बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फोर्टी सार्वजनिक गरेको छ । जसमा ह्वावेले आफ्नै चिपसेटका साथ अत्याधुनिक फिचरसहित यो सिरज सार्वजनिक गरेको जनाएको छ । यसअन्तर्गत मेट फोर्टी, मेट फोर्टी प्रो र मेट फोर्टी प्लस रहेका छन् ।

ह्वावेको मेट फोर्टीले हालै सार्वजनिक एप्पलको आईफोन ट्वेल्भसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । पछिल्लो हाई-इण्ड स्मार्टफोन सिरिज हुवावे मेट फोर्टी विश्वकै पहिलो नानोमिटर फाइभजी चिपसेटद्वारा सञ्चालित छ ।

ह्वावे कन्जुमर डिभिजनका सिइओ रिचार्ड यू चेङदोङले सांघाईमा आयोजित कार्यक्रममा आफ्नो कम्पनीले बनाएको प्रोसेसर एप्पलको ए १३ भन्दा ३० गुणा बढी प्रभावकारी रहेको दाबी गरेका छन् ।

किरिन ५ नानो मिटर चिपसेट उत्पादनसँगै मेट फोर्टी सिरिजबाट अमेरिकाले सुरू गरेको प्रविधि युद्धको जवाफ ह्वावेले आफैद्वारा बनाइएको चिपसेटले दिएको छ। योसँगै ट्रम्प प्रशासनले ग्लोबल चिप निर्माताहरुलाई सेमिकन्डक्टरहरुको बिक्रीमा धक्का लागेको छ।

यसअघि ट्रम्प प्रशासनले ग्लोबल चिप निर्माताहरुलाई सेमिकन्डक्टरहरु चीनको लागि उक्त चीपहरु विक्री वितरण नगर्न निर्देशन दिँइ रोक लगाउँदै आएको थियो। तर हुवालेले आफ्नै चीप बनाएपछि ट्रम्प प्रशासनको सिन्डिकेट तोडिएको छ ।

यता, हुवावेले आफ्नै चीप निर्माण गरेपछि नयाँ स्मार्टफोन ह्वावे मेट फोर्टीको व्यापक बिक्री हुने अनुमान गरिएको छ । यो चाइनिज युआन सपोर्ट गर्ने विश्वकै पहिलो स्मार्टफोन हुने भएको छ ।

यसका साथै स्मार्टफोनमै ब्युल्ट इन हार्डवेयर वालेट सहितको हार्डवेयर-लेभल सेक्युरिटी क्यापेबिलिटी रहेको छ भने फोनमै इनक्रिप्टेड स्टोरेज समेत जडान गरिएको छ । यसले चीनको डिजिटल मुद्रा विकासको योजनामा मद्दत पुग्नुका साथै अफलाइन कारोबार पनि गर्न मिल्‍ने हुवावेले दाबी गरेको छ ।

चीनमा मेट फोर्टी सिरिजकी मूल्य ४,९९९ युआन (८९ हजार ५ सय रूपैयाँ) देखि ८,९९९ युआन (१ लाख ६१ हजार रूपैयाँसम्म) सम्म राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि