बैशाख २५, २०८१, मंगलबार
               

पृथ्वीमा १०७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडाैं । पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ । 

हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको  डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले तापक्रम प्रमाणित गरेको हो ।

अमेरिकाको पश्चिमी तटमा रहेको यो क्षेत्रमा अझै तापक्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ । यसअघि सन् १९१३ मा यही ठाउँमा एक सय ३४ डिग्री फरेनहाइट अथवा ५६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।

यस्तै, ट्युनिसियामा सन् १९३१ मा १ सय ३१  डिग्री फरेनहाइट तथा ५५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि