बैशाख २३, २०८१, आइतबार
               

टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँदै

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।

विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो । टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो । त्यसको एक सातामै अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि