बैशाख २५, २०८१, मंगलबार
               

प्रदेश ५ को सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा बाँस्कोटा नियुक्त

नेपाल फ्ल्यास
कात्तिक १९, २०७६

ADVERTISEMENT

प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले अनुप बाँस्कोटालाई सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उनको कार्यकाल ५ वर्ष रहने छ ।

२०५५ सालदेखि काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन सुरु गरेका बाँस्कोटा कम्प्युटर ईन्जिनियरिङ्ग विभागको सह- प्राध्यापक हुँदै विभागीय प्रमुखकोरुपमा कार्यरत थिए ।

त्यसै गरी उनी केन्द्र सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको रूपमा कार्यरत हुँदा नेपाल सरकारको ई-गभर्नेन्स कार्यक्रमको कार्यान्वयन सुरु भएको थियो ।

राष्ट्रिय परिचयपत्र, ई-सवारी अनुमतीपत्र, सरकारी एकीकृत सूचना केन्द्र, डिजास्टर रिकभरी सेन्टर र राष्ट्रिय ई-मानकको योजना निर्माण तथा कार्यान्वयनमा प्रमुख भूमिका खेलेका उनले एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित राष्ट्रिय सूचना प्रविधि विकास परियोजनाको कार्यक्रम निर्देशक रहेर पनि विगतमा राष्ट्रको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि