बैशाख २५, २०८१, मंगलबार
               

गुगल क्रोम अपडेट गर्नुस्, सुरक्षित रहनुस् !

नेपाल फ्ल्यास
कात्तिक १९, २०७६

ADVERTISEMENT

गुगलले इन्टरनेट ब्राउजर गुगल क्रोमले आफ्नो नयाँ भर्सन ल्याएको छ । गुगलले नयाँ फिचरसहित ल्याएको नयाँ भर्सन तत्काल अपग्रेट गरी लिन आग्रह गरेको छ ।

यो अपग्रेड इन्टरनेट सुरक्षाका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको गुगलले जनाएको छ । विश्वभर लोकप्रिय गुगल क्रोमको पछिल्लो अपग्रेडमा इन्टरनेट ह्याकिङविरुद्ध प्रभावकारी हुने उसले जनाएको छ ।

सोही कारण गुगल क्रोम प्रयोगकर्ताले यसलाई अपग्रेड गर्न गुगलको आग्रह छ । अपग्रेड नगरेमा ह्याकरको फन्दामा पर्न सक्ने जोखिम पनि उसले देखाएको छ ।

पुरानो भर्सनको क्रोम ब्राउजरमाथि ह्याकरले सहजै ह्याक गर्न सक्ने आशङ्कामा गुगलले नयाँ भर्सन ल्याएको हो । पुरानो ब्राउजरमा मेमोरीमा स्टोर भएको डेटा सुरक्षित रहन नसक्ने पनि उसले स्पष्ट गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि