बैशाख २५, २०८१, मंगलबार
               

यसरी सुरक्षित गर्नुस् पासवर्ड

नेपाल फ्ल्यास
साउन २६, २०७६

ADVERTISEMENT

मानव जीवन प्रविधिमा जकेडिएको छ । पैसा निकाल्न एटिएममा पासवर्ड । ढोका खोल्न पासवर्ड । साइटहरुको प्रयोगमा पासवर्ड । यतिधेरैतिर पासवर्ड भएपछि त्यो सुरक्षित गर्न अब चुनौती थपिएको छ । कसरी सुरक्षित गर्ने त ?

तपाईँ इन्टरनेटमा जथाभावी अकाउन्ट खोल्ने र आफ्नो इमेल र सक्कली पासवर्ड हाल्ने गर्नुहुन्छ भने फस्न सक्नु हुने छ । धेरै खाले इन्टरनेट अकाउन्टहरुमा प्रयोग हुने पासवर्डको भर हुँदैन ।
आफ्नो पासवर्डलाई सुरक्षित राख्न विशेष सावधानी अपनाउनु पर्छ । आफूले लग गर्न लागेको साइट के कस्तो हो । त्यसबारे बुझ्नु पर्छ । आफ्नो जीवनमा अपरिहार्य बाहेकको विषयमा पासवर्ड लग गरिरहन आवश्यक नै छैन । नत्र सजिलै पासवर्ड चोरी हुन सक्छ ।

एउटै पासवर्ड एकभन्दा बढि वेबसाइट अर्थात् अकाउण्टका लागि प्रयोग नगर्नु राम्रो हुनेछ । यसो गर्दा कसैले तपाइँको अर्को अकाउण्टको पासवर्ड चोरी गर्न सक्दैन ।

आफ्नो परिवारका सदस्य, कार्यालय, क्लब वा संस्थाको नामबाट पासवर्ड नराख्नुस् । युजर नामसँग मिल्दोजुल्दो पासवर्ड पनि नराख्नुस् ।
धेरैजना श्रीमती, बच्चाबच्ची, अफिस वा संस्थाको नामबाट पासवर्ड राख्दा फस्ने गरेका छन् ।

पासवर्ड राख्दा लामो र स्पेशल क्यारेक्टर राख्नुस् । लेटर क्पापिटल र स्माल गरेर राख्नुस् । सुरक्षित बनाउन एक दुइ लेटर अंक पनि राख्नुस् ।

कहिल्यै पनि १२३४५६, ००००, एबीसीडी नराख्नुस् । यो सहजै अनुमान लगाउने खालको हुन्छ र ह्याक हुन सक्छ ।

पासवर्ड कागज वा कम्प्युटरमा लेखेर सेभ नगनुस् । यसै कारण तपाईँको पासवर्ड लिक हुन सक्छ । लेख्नै परे पनि उल्टोसुल्टो गरेर आफूले मात्र बुझ्ने गरी लेख्नुस् ।


कस्तो लाग्यो ?

यो पनि