बैशाख २६, २०८१, बुधबार
               

अब हुवावेका स्मार्टफोनमा फेसबुक नहुने

नेपाल फ्ल्यास
जेठ २९, २०७६

ADVERTISEMENT

चिनियाँ मोबाइल सेट उत्पादक कम्पनी हुवावेका अबका स्मार्टफोनमा सामाजिक सञ्जाल फेसबुक एप नहुने भएको छ।

रोयटर्सका अनुसार प्रि–इन्सटल सुविधा भएको फेसबुक एप हुवावेबाट हट्ने भएको हो।

अमेरिकाले केही साताअघिमात्र हुवावेलाई कालोसूचीमा राखेको थियो। सुरक्षा खतरा देखाउँदै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो।

हुवावेले फेसबुकमा मात्र नभएर फेसबुकको मातहतमा ह्वाट्सएप र इन्स्टाग्रामलाई पनि निषेध गर्ने भएको छ।

प्रतिबन्धसँगै अमेरिकी कम्पनी गुगलले हुवावेमा आफ्नो नयाँ एन्ड्रोइड भर्सन मोबाइल अपरेटिङ सुविधा नदिने भएको छ। अब उत्पादन हुने हुवावेका फोनमा गुगल प्ले स्टोर हुने छैन।

- एजेन्सीबाट

 


कस्तो लाग्यो ?

यो पनि