बैशाख २६, २०८१, बुधबार
               

विलासी फोन ल्याउँदै ओपो

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

मोबाइल सेट उत्पादक कम्पनी ओपोले नयाँ बिलासी सेट ल्याउने भएको छ।

ओपोले हालैमात्र रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिजअन्तर्गतका फोनहरू ‘डिस्कन्टिन्यु’ गर्ने घोषणा गरेको हो ।

विश्वमै रेनो र रेनो १० एक्स जुमका लागि चलिरहेको चर्चाबीच आफ्ना ग्राहकलाई विलासी अनुभव प्रदान गर्न ओपोले विशिष्ट स्वरुपसहितको सेट ल्याउन लागेको ओपोका उपाध्यक्ष सेन यिरेन जनाएका छन् ।

उनका अनुसार सर्वाधिक बिक्री हुन सफल मोडल भए पनि आर–सिरिजलाई डिस्कन्टिन्यु गर्न लागिएको हो ।

ओपोको ‘क्लासिक हल मार्क’ ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामरा प्रविधिमा केन्द्रित गर्दै छ ।


कस्तो लाग्यो ?

यो पनि