बैशाख १६, २०८१, आइतबार
               

महिला विश्वकप: नकआउट चरणमा अस्ट्रेलिया र नाइजेरिया

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियाले सोमबार वुमेन्स वर्ल्डकप २०२३ मा आफ्नो सह–आयोजक न्युजिल्यान्डको जस्तो नियति भोग्नु परेन र प्रतियोगिताको नकआउट चरण पुगेको छ ।

यसक्रममा उसले क्यानाडामाथि ४–० को प्रभावशाली जित निकाल्न सफल भएको छ । जितमा हेयलेय रासोले दुई गोल गरिन् । यस्तै, म्यारी फाउलर र स्टेफान क्याटलीले एक एक गोल गरे ।

अर्को चरणमा आफ्नो स्थान सुरक्षित गर्न अस्ट्रेलियालाई जित आवश्यक थियो । अघिल्लो दिन मात्रै न्युजिल्यान्डको चुनौती समूह चरणमै रोकिएको थियो ।

समूह ‘बी’ मा यो जितपछि अस्ट्रेलियाको छ अंक भएको छ र समूह विजेता रह्यो । यसै समूहको अर्को खेलमा नाइजेरिया र आयरल्यान्डले गोलरहित बराबरी खेले ।

नाइजेरिया पाँच अंकमा दोस्रोमा रह्यो । क्यानाडा भने चार अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरियो । यस्तै आयरल्यान्ड एकै अंकमा सीमित रह्यो ।
 

यो पनि