बैशाख १४, २०८१, शुक्रबार
               

मेसी समर्थकलाई नेइमारले नर्क जाउ भने

एजेन्सी
असार २६, २०७८

ADVERTISEMENT

कोपा अमेरिकाको फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार पौने ७ बजे ब्राजिलको माराकाना रंगशालामा हुँदैछ । र, फाइनलअघि नेइमारले ‘...विपक्षमा रहनेहरु नर्क जाउ’ भनेर इन्स्टाग्राममा लेखेका छन् । 

खासमा, केही ब्राजिली समर्थकहरु नै फाइनलमा अर्जेन्टिनाको समर्थन गर्दैछन् । उनीहरुलाई नेइमारप्रति भरोसा छैन, बरु मेसीले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको हेर्न चाहन्छन् । केही ब्राजिलीहरूले भने इतिहासकै सर्वोत्कृष्ट खेलाडी मेसीले एउटा ठूलो उपाधि जित्नैपर्ने भएकाले अर्जेन्टिनाको समर्थन गर्ने तर्क गरिरहेका छन् । 

यहीकारण नेइमार आक्रोशित छन् । उनले इन्स्टाग्राम पोस्टमा त्यस्ता समर्थकबारे लेखेका छन्,‘ठिक छ, म यसको सम्मान गर्छु, तर नर्कमा जाऊ.... जो विपक्षमा छौं ।’ ‘स्नेह र गर्वसहित म ब्राजिल हुँ,’ नेइमारले इन्स्टाग्राममा लेखेका छन् । ‘मेरो सपना सधैं ब्राजिलको राष्ट्रिय टिममा रहने र समर्थकहरुले गाएको सुन्ने थियो । चाहे खेलकुद होस्, मोडलिङ प्रतिस्पर्धा होस् वा ओस्कारमा किन नहोस्, जहाँसुकै ब्राजिलले प्रतिस्पर्धा गरेपनि मैले कहिल्यै विरोध गरिनँ र गर्नेछैन ।’

‘यदी त्यहाँ ब्राजिल छ भने म ब्राजिलको पक्षमा छु । र को ब्राजिलियन फरक कित्तामा हुनसक्छ ? ठिक छ, म सम्मान गर्छु । तर नर्कमा जाऊ... जो विपक्षमा छौं ।’

यो पनि