बैशाख २३, २०८१, आइतबार
               

१५१ औं खेलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान

एजेन्सी
असार २५, २०७८

ADVERTISEMENT

अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । मेस्सीले पूर्वकप्तान जाभियर मास्चेरानोको कीर्तिमान तोडेका हुन् । मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल खेल उनको १५० औँ अन्तर्राष्ट्रिय खेल थियो ।

जारी कोपा उनी सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसकेका छन् । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् । 

मेस्सीले अहिलेसम्म ६ वटा कोपा अमेरिका खेलिसकेका छन् । उनले २००७ देखि २०२१ सम्म निरन्तर रूपमा कोपामा प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि मास्चेरानोको नाममा सर्वाधिक ५ वटा कोपा खेल्ने कीर्तिमान थियो ।  

जारी प्रतियोगितामा मेस्सीले ६ खेलमा  पाँच वटा एसिस्ट गरिसकेका छन् । कोपा अमेरिकाको एकै संस्करणमा यति धेरै एसिस्ट गर्ने मेस्सी पहिलो खेलाडी हुन् । 

यी किर्तिमान बनाउन सक्छन् 

चिलीका सर्जियो लिभिङस्टोनले अहिलेसम्म कोपामा सर्वाधिक ३४ खेल खेलेका छन् । फाइनल खेलेसँगै मेस्सीका नाममा यो कीर्तिमान संयुक्त रूपमा कायम रहनेछ । मेसीले अहिलेसम्म कोपाका ६ संस्करणमा कुल ३३ खेल खेलेका छन् । 

जारी कोपामा मेस्सीले ६ खेलमा चार गोल गरेका छन् । कोपाका ६ वटा संस्करण खेल्ने क्रममा मेस्सीले कुल १३ गोल गरेका छन् । ब्राजिलका जिजिन्हो र अर्जेन्टिना नोर्बेर्टो मेन्डेजका नाममा कोपामा सर्वाधिक १७–१७ गोल गर्ने कीर्तिमान छ । यो कीर्तिमान बराबरी गर्न मेस्सी अझै चार गोलले पछि छन् । 

यो पनि