बैशाख २३, २०८१, आइतबार
               

मलेसियाले दियो नेपाललाई एक सय १० रनको लक्ष्य

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

सोमबार भएको सो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे । शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए । दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

यो पनि