जेठ ०५, २०८१, शनिबार
               

बार्सिलोनाकाे पोस्टमा बायर्नकाे ८ गोल

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेकाे छ । बायर्नसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएकाे छ । 

शुक्रबार लिस्बनमा सम्मन्न क्वाटरफाइनलमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएकाे हो ।

पहिलो हाफमा बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १-१ गोल थपे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो ।

खेलकाे दोस्रो हाफमा बार्सिलोनाले मिडफिल्डर सर्जी रोबर्टोको स्थानमा फरवार्ड एन्टोइन ग्रिजम्यानलाई मैदान प्रवेश गरायो । तर बायर्नले पहिलो हाफकै लयलाई निरन्तरता दिँदै आक्रमण जारि राख्यो ।  ५७ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोना खेलमा फर्कने संकेत गरे । जोर्डी अल्बाको पासलाई पेनाल्टी क्षेत्रबाहिर नियन्त्रणमा लिएका सुआरेजले पेनाल्टी क्षेत्रभित्र बोटेङलाई बिट गर्दै गरेको प्रहार नोएरले बचाउन सकेनन् ।

खेलको ६३ औं मिनेटमा बायर्नले गोल गर्दै पुन: ३ गोलको अग्रता कायम गर्यो । ८२ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६- २ ले अगाडि बढाए । ८५ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै स्कोर ७-२ बनाए । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता थप फराकिलो पारे । 

बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यो पनि