बैशाख २१, २०८१, शुक्रबार
               

१३औँ सागका स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको डोपिङ पुष्टि

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीकव डोपिङ पुष्टि भएको छ ।

पाकिस्तानको समाचार संस्था जीएनएनले जनाएअनुसार सागमा सहभागिता जनाएका तीन जना एथलेटिक्स खेलाडीले डोपिङ गरेको पुष्टि भएको हो । जसको खबर पाकिस्तान एथलेटिक्स संघलाई आइसकेको र खेलाडीका विषयमा चाँडै निर्णय हुने समाचारमा उल्लेख छ । डोपिङमा परेका खेलाडीले पाकिस्तानका लागि ट्रयाक एन्ड फिल्डमा दुई स्वर्ण पदक र एक कास्य जितेका थिए ।

अहिलेका लागि उनीहरूको नाम भने खुलाइएको छैन । तर उनीहरूलाई चार वर्षको प्रतिबन्ध लाग्नसक्ने बताइएको छ । तर उनीहरूका लागि वाडाको नियम अनुसार अपिलका लागि मौका भने दिइनेछ ।

पाकिस्तान एथलेटिक्स सङ्घले उनीहरूलाई नियमअनुसार कारबाही गर्ने बताएको छ । सङ्घले खेलाडीलाई तत्काल प्रतिबन्ध लगाइने र त्यो विषयमा सोधपुछ पनि हुने जनाएको छ ।

सागमा पाकिस्तानले कुल एक सय ३२ पदक जितेको थियो । जसमा ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य जितेको थियो । अब डोपिङमा परेका खेलाडीको पदक खोसिने भएको छ । सागका बेला खेलाडीको डोपिङका लागि छुट्टै समिति तयार पारिएको थियो । त्यो समितिले हरेक पदक जित्ने खेलाडीको नमुना सङ्कलन गरेर राखेको थियो । त्यसैका आधारमा यो रिपोर्ट बाहिर आएको हो ।


कस्तो लाग्यो ?

यो पनि