बैशाख २१, २०८१, शुक्रबार
               

पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ

नेपाल फ्ल्यास
असोज १६, २०८०

ADVERTISEMENT

पर्सा । पर्सा जगरनाथपुर गाउपालिका वडा नम्बर ५ मसिहानीमा असोज एक गते आफ्नै घरमा मृत भेटिएका ५२ बर्षिय कान्ति देवी बिनको हत्यामा उनका देवर र जेठाजुको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । पर्सा प्रहरीलाई महिलाको घाटी रेटी हत्या गरेको सूचना आउनासाथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । मृतकका छोरा अर्जुन मुखिया वीन वैदेशिक रोजगारीबाट फर्किएपछि असोज ७ मा लालबाबु राउतविरुद्ध किटानी जाहेरी दिएका थिए । हत्याको आरोपमा प्रहरीले उनको जेठाजु, देवर र उनका एकजना आफन्त गरि हत्याको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको हो । लालबाबुको  बयानको आधारमा उनका जेठाजुहरु चन्द्रिका राउत बिन, अमीरीका राउत बिन र देवर पर्ने लालबाबु बिनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रमुख शाहका अनुसार बिनको छोरा बैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेकोले बिदेशबाट पैठाएको पैसा चोरी गर्दै गरेको अवस्थामा यो घटना हुन गएको हो । बिनको टाउकोमा रड र काठले प्रहार गरी बेहोस बनाए पश्चात सिरकले मुख थुनि घाटी रेटेर बिभत्स हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ । 


कस्तो लाग्यो ?

यो पनि