बैशाख २८, २०८१, शुक्रबार
               

जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते

नेपाल फ्ल्यास
असोज ०९, २०८०

ADVERTISEMENT

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक—३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेको जीप दुर्घटना भएको छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । 

घाइते हुनेमा याङवरक(३ तीरिङ्गेका जीप चालक २१ वर्षका भक्त कार्की, ७० वर्षका धनबहादुर डाँगी, ६२ वर्षकी फुलमाया बस्नेत, ३५ वर्षकी निर्मला बस्नेत, २२ वर्षका कर्णबहादुर भट्टराई, ३० वर्षकी विमला डाँगी, ६ वर्षकी युनिसा बस्नेत, ४ वर्षकी सोस्तीका बस्नेत रहेका छन् । 
त्यस्तै, तिरिङ्गेकै ४१ वर्षका ललित भट्टराई, २२ वर्षका कुमार भट्टराई, ३७ वर्षका मानबहादुर भट्टराई,  ३८ वर्षका चन्द्रबहादुर भट्टराई र झापा बाह्रदशी गाउँपालिका वडा नं. २ बस्ने ४१ वर्षका कर्णबहादुर कार्की रहेका प्रहरीले जानकारी दिएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि