बैशाख २४, २०८१, सोमबार
               

जानकी मन्दिरमा राष्ट्रपतिको पूजाअर्चना

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरको पूजाअर्चना र दर्शन गरेका छन् । उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण समेत गरेका छन् ।  

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जानकारी दिए । 
राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका छन् । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरका मेयर तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।  
 


कस्तो लाग्यो ?

यो पनि