बैशाख १७, २०८१, सोमबार
               

सुवास नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा

नेपाल फ्ल्यास
भदौ २६, २०८०

ADVERTISEMENT

काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख छ ।

नेम्वाङको गए राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि