बैशाख १७, २०८१, सोमबार
               

बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

नेपाल फ्ल्यास
भदौ २१, २०८०

ADVERTISEMENT

काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको सम्भावना पनि रहेको छ । भोलि शुक्रवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहेर वर्षाको सम्भावना छ ।  
वर्षा हुने क्षेत्रहरूबाट बहने नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि