बैशाख २०, २०८१, बिहीबार
               

पानी पर्ने क्रम भोलिबाट अझै घट्ने

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक—दुई ठाउँमा ठूलो पानी पर्ने मौसम बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एक—दुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना रहेको । 

यस्तै, राति गण्डकी प्रदेशका एक—दुई ठाउँमा पनि ठूलो पानी पर्ने उनले बताए । अन्य पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । गएको शुक्रवार रातिदेखि आइतवारसम्म तराईका जिल्लासहित देशभर पानी परेको थियो । त्यसपछि भने पहाडी क्षेत्रमा मात्रै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा सर्ने क्रममा रहेकाले भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।  
 


कस्तो लाग्यो ?

यो पनि