बैशाख २०, २०८१, बिहीबार
               

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

बाग्लुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द भएका छन् ।  

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध भउको हो । 

बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको उनको भनाइ छ ।  

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौ लगायतका ठाउँ पुग्ने यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।

यस्तै, कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले जानकारी दिए ।  
 


कस्तो लाग्यो ?

यो पनि