बैशाख २०, २०८१, बिहीबार
               

पहिरोको उच्च जोखिममा गोरखाको खानीगाउँ
३२ परिवारका एक सय पाँच जना प्रभावित

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिरोको जोखिममा रहेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा पर्दै गएको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।  

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन भासिदै गएको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनि बताउछिन् । विसं २०७२ साल वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको होु, उपाध्यक्ष गुरुङले भनिन्, केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बन्दै गएको छ । 

प्रायजसो घरको भित्रि भागमा वर्षा पछि चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म  चिरा परेपछि स्थानीय बास बस्नै डराउने गरेको उनले बताइन् ।  

पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छु, उपाध्यक्ष गुरुङले भनिन्,राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ । पहिरोको त्रासले स्थानीय सर्वसाधारण बेलुकीपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका छन् ।  

केही परिवार भने नजिकैको विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न गाउँपालिकाले स्थानीयलाइ आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि