बैशाख २७, २०८१, बिहीबार
               

कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज राति ठूलो बर्षाको सम्भावना

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

काठमाडौं । आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम बिज्ञान बिभागले जनाएको छ । 

मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । 

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेको र नेपालको पूर्वी क्षेत्र हुँदै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । 

अन्य ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहनेछ । 

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि