जेठ ०६, २०८१, आइतबार
               

त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाडौंबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि