बैशाख २५, २०८१, मंगलबार
               

पहिरोका कारण उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

गोरखा । लगातार परेको अविरल वर्षाका कारण पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । 

पहिरोकै कारण बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट भएको छ । पहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको र ुघर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेको  अध्यक्ष लामाको भनाइ छ । 

पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले जानकारी दिए । 

पहिरो प्रभावित क्षेत्रमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि