बैशाख २०, २०८१, बिहीबार
               

फेरि बन्द भयो कालीगण्डकी करिडोर
पहिरोले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति

नेपाल फ्ल्यास
साउन २७, २०८०

ADVERTISEMENT

काठमाडौं । लगातारको वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःबन्द भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो ।

शुक्रवार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको सडक गएराति १२ बजेदेखि फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको कार्यालयले जनाएको छ । 

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रमा चल्ने गाडी ठप्प भएका छन् । 

दैनिक सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । पहिरोले निकै दुःख दिइरहेको बताउदै शर्माले करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेको बताए । यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेको उनको भनाइ छ । पहिरोले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्‍याएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि