बैशाख २०, २०८१, बिहीबार
               

कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध रहेको छ । करिडोरको बागलुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बागलुङ  नगरपालिका–१० दब्ल्याङमा बिहीवार साझ माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 


सडक अवरुद्ध हुँदा यातायात रोकिएको छ । करिडोर अवरुद्ध भएपछि बागलुङको कुश्मिसेरा, बलेवा, ज्यामिरे, बरेङ लगायतका ठाउँबाट बागलुङ , पोखरा, काठमाडौं छुट्ने सवारी साधन सडकमै अलपत्र परेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि