बैशाख २१, २०८१, शुक्रबार
               

पाँचथरको फिदिममा जीप दुर्घटना
एक जनाको ज्यान गयो, १३ घाइते

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । 

मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।  

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि