जेठ ०४, २०८१, शुक्रबार
               

गएको आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडा मरे

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी सिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यबिन्दु नगरपालिका–२ मा रहेको नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए । यो घटनाका अभियुक्त पक्राउ परेको उहाँले जानकारी दिए । 

तिवारीका अनुसार आव २०७५—७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए । त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । गएको वर्ष यो सङ्ख्या तुलनात्मक रूपमा घटेको हो । आव २०७६—७७ मा २६, २०७७—७८ मा ३९ र २०७८—७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा २०७२—०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए ।

आव २०७३—०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ । आव २०७३—७४ मा एउटा, २०७७—७८ मा चार वटा र २०७८—७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका हुन् । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ गैँडा मारिएका थिए । 

प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकआपसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मरेका अनुमान गरिएको बताए ।  

प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । यो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए । 

यो पनि