बैशाख २१, २०८१, शुक्रबार
               

३ राजमार्ग बाढी–पहिरोका कारण बन्द, १५ वटा सडक भने एकतर्फी

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

काठमाडौं ।  बाढी–पहिरोका कारण ३ वटा राजमार्ग बन्द रहेका छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार मेची राजमार्गको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला सडक खण्ड  अहिले अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द अवस्थामा छ ।

त्यस्तै, तमोर करिडोरअन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक र तानसेन–रिडी–कोरला सडक बन्द छ ।

विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् ।

पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ।
 


कस्तो लाग्यो ?

यो पनि