बैशाख १५, २०८१, शनिबार
               

मुगुमा पहिरोको पीडा, ८ जनाको लियो ज्यान

नेपाल फ्ल्यास
असोज २४, २०७९

ADVERTISEMENT

मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । 

सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।

मृत्यु हुने सबै सालिमगाउँका हुन् । मृत्यु हुनेमा कृष्ण सावत, सत्ता सावत, गोरिकला बोहरा, चक्रवीर बोहरा, होइजाली भग्री,  हाजिरा भग्री, सुस्मिता भग्री र वीरबहादुर भग्री छन् ।

निरन्तरको वर्षाले नगरपालिकाको गमगाढमा रहेका काठे साँघु, झोलुङ्गेपुल बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको छ ।

वडा नम्बर ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्लागाउँ, वडा नम्बर ४ को ढुम, वडा नम्बर ५ को भियालवाडा गाउँ र सदरमुकाम गमगढीको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्‍याएको छ । पहिरोले करिब पाँच सय परिवार विस्थापित भएको अनुमान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि