बैशाख १४, २०८१, शुक्रबार
               

सुधारिएन मौसम, वर्षा र हिमपातको सम्भावना

नेपाल फ्ल्यास
माघ ०९, २०७८

ADVERTISEMENT

मुलुकको मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । पश्चिमी  न्यून चापीय प्रणालीको प्रभावका कारण आइतबार देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आइतबार मधेस‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा साथै प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर मौसम बदली रही अधिकांश प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने छ । शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि