बैशाख १४, २०८१, शुक्रबार
               

सर्वोच्चका एक र पाटन उच्चका १३ न्यायाधीश ‌संक्रमित

नेपाल फ्ल्यास
माघ ०६, २०७८

ADVERTISEMENT

उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्तै, सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ। 

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणलगायतका केही बाहेककाे सेवा तथा सुनुवाइ स्थगित गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि