बैशाख ०७, २०८१, शुक्रबार
               

आज ४१६ जनामा संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४७८ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १७ हजार ३३३ र एन्टीजेनबाट ९५ हजार १३६ पुगेको छ। 

नेपालमा हाल ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन्।


कस्तो लाग्यो ?

यो पनि