बैशाख ०८, २०८१, शनिबार
               

कानुन व्यवसायीको विरोधका कार्यक्रममा प्रहरी निरीह

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु गरेको छ । बाक्लो मात्रामा खटिएको सुरक्षाकर्मीलाई धकेल्दै कानून व्यवसायी सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा बसेका हुन् । हिजो आइतबार पनि उनीहरुले यसैगरी धर्ना दिएका थिए।

सर्वोच्च बार एशोसिएनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले आज प्रहरीले जान दिए अर्को गेटमा पनि धर्ना दिने बताएका छन् । आज मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम हुने उनले बताएका छन् ।

बारले प्रधानन्याधीश राणालाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै गेटमै प्रदर्शन गर्दै आएको छ । तर उनी वैकल्पिक गेटबाट अदालत प्रवेश गर्दै आएका छन् । प्रहरीले अहिले माइकिङ गरिरहेको छ । अदालत परिसरमा हिजोभन्दा आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। तर, कानुन व्यवसायीको विरोधका कार्यक्रममा प्रहरी निरिह र मुकदर्शक बनिरहेका छन् ।

कानून व्यवसायीहरुले राणाको बहिर्गमन नभएसम्म भोकभोकै रहेर भए पनि आन्दोलन जारी राख्ने बताएका छन्। बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ ।

प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि