चैत १६, २०८०, शुक्रबार
               

प्रधानन्यायाधीशले निवासबाटै १० वटा इजलास गठन गरे

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्। १० वटा इजलास गठन गरेर उनी आज पनि अदालतमा वैकल्पिक गेटबाट प्रवेश गरेका छन् ।नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश गरेका हुन् ।

बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बार एसोसिएसनको धर्नाका बीच पनि जबराले पेशी तोक्न छोडेका छैनन् ।

असन्तुष्ट अधिक‌ांश न्यायाधीशहरूले बारले बहस बहिष्कार जारी राखेसम्म इजलासमा नबस्ने बताउँदै आएका छन् ।अदालत परिसरमा आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । जबरालाई अदालत प्रवेश गर्नबाट रोक्न भन्दै कानून व्यवसायीहरु बिहान १० बजे अघिदेखि नै सर्वोच्चमा जम्मा हुन थालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि