बैशाख २३, २०८१, आइतबार
               

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।

उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । 

मन्त्रालयका निमित्त सचिव डा.हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अर्यालका श्रीमती रहेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि