बैशाख १३, २०८१, बिहीबार
               

फेसबुकमा जनप्रतिनिधिको आलोचना गरेपछि...

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

दाङ । सल्यानको बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौँठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् ।

‘केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएको छ ।

केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ’, वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

के हो घटना 

घटना बिवाहसँग जोडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी सोही वडाका वडा सदस्यका आफन्त हुन् ।

तर, आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएको भन्दै केसी वडासँग रुष्ट भएका थिए ।  ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

कानूनी रुपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ । 


कस्तो लाग्यो ?

यो पनि