बैशाख १४, २०८१, शुक्रबार
               

शुक्रबार बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए तर न्यायाधीशहरू इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ । यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए तर आज ती मुद्दामा पनि सुनुवाइ भएन ।

यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरूले मुद्दामा सुनुवाइ गर्न इन्कार गरेका थिए । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि