बैशाख २३, २०८१, आइतबार
               

डिएसपी तिम्सिनाको निमोनियाबाट निधन

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

सप्तरी  । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दसैँअघि बिरामी भएका  प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो। यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पुर्‍याइएको थियो।


कस्तो लाग्यो ?

यो पनि