बैशाख २३, २०८१, आइतबार
               

कारागारभित्र कैदीको शंकास्पद मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो। 

पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए। मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ। उनले आफन्तलाई शव बुझ्न बोलाएको बताएका छन्। आफन्तले शव पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने विषयमा समेत छलफल नभएको उनले बताए। 

मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समूहबीच झडप भएको थियो। कात्तिक मण्डलकाे नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो। झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन। थापाको कुटपिटबाट मृत्यु  भएको हुन सक्ने उनका भाइ हरि थापाले बताए। 

मृतक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताएका छन्। विरामी भएको जानकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको थापाले बताए। 


कस्तो लाग्यो ?

यो पनि