बैशाख ०८, २०८१, शनिबार
               

आज ४४० जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४६० पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १५ हजार ७५९ र एन्टीजेनबाट ९४ हजार ९७९ पुगेको छ। नेपालमा हाल ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन्।


कस्तो लाग्यो ?

यो पनि