बैशाख ०७, २०८१, शुक्रबार
               

नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

नेपालमा आज ५३३ जनामा कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १४ हजार ९१८ पिसिआर परिक्षणका क्रममा ४४३ जना र १ हजार ८१८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार २९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६१२ सक्रिय संक्रमित आइशोलेशन र ११० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि