बैशाख १७, २०८१, सोमबार
               

हिन्दु अधिराज्य पुर्नस्थापनाको माग गर्दै ऱ्याली

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

हिन्दु अधिराज्य पुर्नस्थापनाको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौंमा बृहत ऱ्यालीको आयोजना गरेको छ । मोर्चाको महिला केन्द्रीय समितिले काठमाडौंको माइतिघरमा बृहत र्याली तथा विरोध सभाको आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको पाँच बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै मोर्चाले आन्दोलन गरेको हो ।

उनीहरूले न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलनको बिरोध पनि गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि