बैशाख १३, २०८१, बिहीबार
               

सवारी दुर्घटनामा पुरोहितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

उदयपुर । उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा त्रियुगा नगरपालिका– ११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । को– १९ प ९६४६ नम्बरको मोटरसाइकल र स(१ ह१६२० नम्बरको अटो ठोक्किएका थिए ।

मोटरसाइकल पछाडि सवार भण्डारीको मृत्यु भएको हो । अटो चालक चौदण्डीगढी नगरपालिका– ७ का नरबहादुर कार्कीले चलाएको थिए । 


कस्तो लाग्यो ?

यो पनि