बैशाख २६, २०८१, बुधबार
               

नेपालमा आज १४१ जना कोरोना संक्रमित थप

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

हालसम्म देशभर ४४ लाख ५१ हजार ६१४ नमुनाको पीसीआर परीक्षण भएको छ । 


कस्तो लाग्यो ?

यो पनि