बैशाख २३, २०८१, आइतबार
               

देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

देउसी-भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ ।  ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

२० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टर मा यात्रा गरेर  रामनगरतर्फ गएका थिए ।


कस्तो लाग्यो ?

यो पनि