मंसिर ०७, २०८१, शुक्रबार
               

मोटरसाइकल र सुमो ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

महोत्तरी । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 बर्दिवास– ३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका (५  का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि